मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपाल कोरोनाविरुद्ध खोप अभियानमा सफल : डब्लुएचओ

nepallive.com · Fri Feb 04 01:05:00 GMT 2022

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालले लक्षित जनसंख्याको ७० प्रतिशत नागरिकलाई कोभिड १९ विरुद्ध खोप लगाएर कोशेढुंगा पार गरेको जनाएको छ। यस अवसरमा (डब्लुएचओ)ले नेपाललाई बधाई पनि दिएको छ।

नेपालस्थित डब्लुएचओ कार्यालयले विज्ञप्ति जारी गर्दै १८ वर्षभन्दा माथिको ७० प्रतिशत जनसंख्याले खोप लगाएकाेमा बधाई दिएको हो। 'सत्तरी प्रतिशत जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकामा नेपाललाई बधाई। यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो। एकजुट भई सहकार्य गरे जे पनि सम्भव हुने यसले सावित गरेको छ,' डब्ल्युएचओ नेपालले बधाई दिँदै भनेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)