मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मलेसिया रोजगारीमा नयाँ सम्झौता, प्रतिकामदार ४५ डलर तेस्रो कम्पनीलाई

ekantipur.com · Mon Jan 08 00:32:25 GMT 2024

काठमाडौँ — वैदेशिक रोजगार बोर्डले श्रम सम्झौताविपरीत प्रतिनेपाली कामदार ४५ अमेरिकी डलर उठाउने गरी एक निजी मलेसियन कम्पनीसँग सम्झौता गरेको छ । बोर्डले मलेसियामा रहेका नेपाली कामदारको हित र सुरक्षासँग सम्बन्धित काम हेर्न दिने नाममा मलेसियाको निजी कम्पनी ‘फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर’ सँग सम्झौता गरेको हो ।

बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती र सेन्टरका महानिर्देशक तानासिलिन दिन्रेनगानबीच मंसिर २० गते सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता पुस १६ (जनवरी १) देखि कार्यान्वयनमा आउने गरी ५ वर्षका लागि गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)