भारतको मुम्बई र बेंगलोरमा पर्यटन प्रवर्द्धन
abhiyandaily.com
काठमाडौं । नेपालले छिमेकी मुलुक भारतको मुम्बई र बेंगलोरमा सेल्स मिट र पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेकोे छ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र जनरल सेल्स एजेन्ट (जीएसए)को संयुक्त आयोजनामा ती दुई शहरमा सेल्स मिट र अन्तरक्रिया सम्पन्न गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
असोज २६ र ३१ गते मुम्बई र बेंगलोर शहरमा हवाई सेवा तथा पर्यटन सम्बद्ध प्रतिनिधिसँग निगमले छुट्टाछुट्टै कार्यक्रम गरेको थियो । निगमको व्यापार तथा विक्री प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा निगमका उच्च अधिकारी, पूर्वमहान्यायाधिवक्ता सुशील पन्त, संगीतकार रञ्जित गजमेरसहितको सहभागितामा सम्बद्ध क्षेत्रका नेपाली प्रतिनिधि, एक सय २० भन्दा बढी ट्राभल एजेण्ट, कार्गो एजेण्ट र जीएसएको सहभागितामा सेल्स रणनीतिसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)