मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

भालुबाङ बस दुर्घटना : तीव्र गतिले लियो १२ को ज्यान

ekantipur.com · Sat Jan 13 17:17:03 GMT 2024

दाङ — नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको नमस्ते नेपाल यातायात प्रालिको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति तीव्र गतिमा हुइँकिरहेको थियो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–१ स्थित भालुबाङ बजार पुग्दा पनि बसको गति नियन्त्रण भएन ।

पुलतर्फ अघि बढेको बस केहीबेरमै पुलको दायाँतर्फको बार भत्काउँदै राप्ती नदी किनारको नहरमा खस्न पुग्यो । बसमा सवार एक महिला र ११ पुरुष गरी १२ यात्रुको मृत्यु भयो, २४ जना घाइते भए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)