मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सेपाकताक्रोको दुवै खेलमा नवलपुर विजयी

lokaantar.com · Thu Jan 12 23:42:18 GMT 2023

नारायणगढको नारायणी नदी किनारमा सञ्चालित खुल्ला सेपाकताक्रो प्रतियोगिताको महिला तथा पुरुष दुवै प्रतिस्पर्धामा नवलपुर बिजेता बनेको छ । आज भएको फाइनल खेलमा महिलातर्फ चितवनको रामनगर माविलाई हराउँदै नवलपुर ‘ए’ विजयी भएको हो ।

त्यस्तै पुरुषतर्फ नवलपुर ‘बी’ लाई फाइनलमा हराउँदै नवलपुर ‘ए’ विजेता बनेको छ । सेपकताक्रो प्रतियोगितामा विजयी खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको महोत्सवको खेलकुद संयोजक रुद्र सुवेदीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)