मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मास्क नलगाउनेलाई ५० रुपैयाँ जरिवाना

nepallive.com · Tue Apr 27 00:36:00 GMT 2021

काठमाडौं – कञ्चनपुर प्रहरीले मासक नलगाई हिँड्नेलाई जरिवाना गर्न थालेको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णयबमोजिम प्रहरीले सामेबारदेखि महेन्द्रनगरमा मास्क विना हिँड्डुल गर्नेलाई ५० रुपैयाँ जरिवाना गर्न थालेको हो।

पहिलो दिन सोमबार बजार क्षेत्रमा मास्क विना हिँडडुल गर्ने ३७ जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ। कारबाही स्वरुप उनीहरुबाट १८ सय ५० रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)