यस्तो रहनेछ आजको मौसमः देशभर बदली, केही स्थानमा वर्षा
lokaantar.com · Wed Jan 26 00:19:57 GMT 2022
अझै पनि देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अबको २४ घण्टामा देशभर आंशिकदेखि पूर्ण बदली हुनुका साथै केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।
बुधबार बिहान हाल सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको छ। यस्तै दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ भने सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)