ओली शिक्षण अस्पतालमा, भएको के ?
baahrakhari.com · Thu Jun 11 09:42:30 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन् । कान र दाँतमा समस्या भएपछि अस्पताल पुगेको उनको सचिवालयले जनाएको छ ।
ओलीको सचिवालय प्रमुख निरुदेवी पालले बाह्रखरीसित भनिन्, “अध्यक्षज्यूको कान र दाँतमा समस्या भएपछि अस्पताल आउनु भएको हो । अहिले डाक्टरसँग देखाइरहनु भएको छ ।”
पित्तथैलीमा पत्थरी भएपछि यसअघि पनि उनले शिक्षण अस्पतालमा शल्यक्रिया गराएका थिए ।
#केपी शर्मा ओली
#त्रिवि शिक्षण अस्पताल
#नेकपा (एमाले)
#डाक्टर
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ