राष्ट्रपति निर्वाचन : आज काठमाडौंमा वाग्मती प्रदेशका सांसदलाई अभिमुखीकरण दिँदै ८ दल
pahilopost.com · Fri Mar 03 01:12:24 GMT 2023
काठमाडौं : राष्ट्रपति पदका लागि आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आज वाग्मती प्रदेशसभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गरिने भएको छ।
यही फागुन २५ गते हुने निर्वाचनमा पूर्व सभामुख पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरु रहेको ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरिएको छ। संयन्त्रको निर्णयबमोजिम वाग्मती प्रदेशका आठवटै राजनैतिक दलका प्रदेशसभा सदस्यहरुलाई आज अभिमुखीकरण दिइनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)