मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

‘पानी नपरेकाले चिसो बढ्न समय लाग्यो’

baahrakhari.com · Fri Nov 05 01:54:00 GMT 2021

काठमाडौं । काठमाडौं उपत्यकामा आज विहान ९.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । विहान ६ बजेको तापक्रम ९.६ डिग्री सेल्सियस मापन गरिएको हो ।

९.६ डिग्री सेल्सियस यो वर्षको आजसम्मको सबैभन्दा न्यून तापक्रम भएको वरिष्ठ मौसमविद् निराजन सापकोटाले जानकारी दिए । “विस्तारै तापक्रम घट्दै छ । यदि पानी परेको भए चिसो धेरै बढिसकको हुने थियो । तर, पानी नपरेर बादल मात्रै लागेकाले थोरै–थोरै गरेर चिसो बढिरहेको छ ।” पानी नपरेर बादलमात्रै लागि रहने हो भने चिसो बढ्न समय लाग्ने उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)