विश्वासको मत लिँदै मुख्यमन्त्री कार्की
ekantipur.com · Thu Jun 29 00:38:41 GMT 2023
मोरङ — माओवादीले सरकार छाडेपछि अल्पमतमा परेका कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने भएका छन् । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीलाई बिहीबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकको कार्यसूचीमा ‘विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने’ विषय राखिदिन सूचित गराएका छन् ।
सचिव पराजुलीका अनुसार बिहीबार सुरु हुने प्रदेशसभाको तेस्रो अधिवेशनको सम्भावित कार्यसूचीमा प्रदेश प्रमुख पर्शुराम खापुङले पठाएको अधिवेशन आह्वानको पत्र सभामुख बाबुराम गौतमले पढेर सुनाउने, बजेटसबन्धी अध्यादेश पेस गर्ने, मुख्यमन्त्री कार्कीले विश्वासका मतका लागि प्रस्ताव राख्नेलगायत छन् । बिहीबार बिहान ११ बजे बोलाइएको कार्य व्यवस्था परामर्श समितिले बैठकको कार्यसूचीको अन्तिम टुंगो लगाउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)