हाइटीमा शक्तिशाली भूकम्पः कम्तीमा ३०४ जनाको मृत्यु, १८ सय भन्दा बढी घाइते
deshsanchar.com · Sun Aug 15 00:41:20 GMT 2021
हाइटीमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ३०४ जनाको ज्यान गएको पुष्टि भएको छ । क्यारबियन देश हाइटीमा ११ वर्षपछि गएको शक्तिशाली भूकम्पमा परेर १८ सयजना भन्दा बढी घाइते भएका छन् ।
स्थानीय समय अनुसार शनिबार बिहान हाइटीको पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर ७.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण सर्वसाधारणका घरसहित ठूलो व्यापारिक भवनहरु तथा चर्च एवम् होटलहरु पनि भत्किएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)