मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले किन माफी मागे ?

nagariknews.nagariknetwork.com · Thu Jun 11 09:47:10 GMT 2026

गृहमन्त्री सुधन गुरुङले घर भत्काइएका सुकुम्बासीसँग माफी मागेका छन‍्। विपद् व्यवस्थापन समितिको बिहीबारको बैठकमा मन्त्री गुरुङले भने, ‘सुकुम्बासी दाजुभाइ दिदीबहिनीसँग मेरो विशेष तर्फबाट माफी माग्न चाहान्छु । मैले देखिँरहँदा मलाई पनि गाह्रो भएको थियो ।’ सुकुम्बासी समस्या समाधान आवश्यक भए पनि यसलाई थप राम्रो हिसाबले गर्न सकिने आधार भए पनि त्यसो नहुँदा दु:ख लागेको बताए । तर काम गर्ने कानुन नहुँदा नतिजामूलक काम गर्न समस्या भएको उनले बताए ।

गृहमन्त्री गुरुङले विपद् व्यवस्थापन, राहत वितरणमा प्रयोग भइरहेका आधुनिक प्रविधि, सार्वजनिक खरिद प्रक्रिया झन्झटिलो रहेको पनि बताएका छन् ।

नेपालमा पहिलो पटक हेभी लिफ्टिङ ड्रोनमार्फत सिन्धुपाल्चोक र काभ्रेमा राहत वितरण गरिएको स्मरण गराउँदै उनले अहिले २०० केजीसम्म बोक्न सक्ने क्षमताको हेभी लिफ्टिङ ड्रोन उपलब्ध भएपनि त्यसको खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनका कारण अत्यन्तै लामो हुने बताए ।

उनका अनुसार ड्रोन खरिद गर्न सार्वजनिक खरिद ऐनअनुसार ४५ दिन लाग्छ, त्यो ड्रोन आउँदा मनसुन सकिइसक्छ ।

उनले भने,‘हामीले हेभी लिफ्टिङ ड्रोनमार्फत नेपालमा पहिलोचोटी सिन्धुपाल्चोक र काभ्रेमा ड्रोनमार्फत राहत वितरण गरिएको थियो । अहिले २०० केजीसम्म बोक्ने हेभी लिफ्टिङ ड्रोन आएको छ । तर यो खरिद गर्न ‘ड्रोन खरिद गर्न सार्वजनिक खरिद ऐनअनुसार ४५ दिन लाग्छ । त्यो ड्रोन आउँदा मनसुन सकिइसक्छ कस्तो खालको ऐन हो । काम गर्न सहज हुनेगरी ऐन संशोधन भएको भए केही गर्न सकिन्थ्यो ।’

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)