गठबन्धन टुट्ने भयले मन्त्री फेर्न देउवा लचक
ekantipur.com · Sun Mar 03 00:49:23 GMT 2024
काठमाडौँ — राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने निर्णय गरेपछि दबाबमा परेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई फकाउन मन्त्रिपरिषद् पुनर्गठनदेखि पार्टीको महासमिति बैठकबाट पारित दस्ताबेज परिमार्जन गर्न सकिनेसम्मको संकेत दिएका छन् । प्रधानमन्त्री दाहालले दुई महिनाअघिबाटै कार्यक्षमता अभाव भएका मन्त्रीहरूलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्न खोजेका छन् ।
सत्ताको मुख्य घटक कांग्रेसका सभापति देउवाले पार्टीबाट मन्त्री भएकाहरूलाई हटाउन नमानेको र पछिल्लो पटक विवादित तीन मन्त्रीका विषयमा समेत देउवासँग कुरा नमिलेपछि दाहालले असन्तुष्टि व्यक्त गरेका थिए । त्यसैको पृष्ठभूमिमा राष्ट्रिय सभाको अध्यक्षमा माओवादीले आफ्नो उम्मेदवार अघि सार्ने निर्णय गरेर कांग्रेसमाथि दबाब बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)