इजरायली प्रधानमन्त्रीको हत्याको षडयन्त्र रचेको आरोपमा वृद्धा पक्राउ
ratopati.com · Thu Jul 24 18:07:00 GMT 2025

जेरुसेलम। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई रकेट लञ्चरले आक्रमण गरी हत्या गर्ने षडयन्त्र रचेको अभियोगमा ७३ वर्षीय एक महिलालाई पक्राउ गरिएको छ । आरोप पत्रअनुसार सरकार विरोधी अभियानमा सक्रिय तेल अभिभकी नाम नखुलाइएकी ती महिलाले आफूलाई प्राप्त जानकारीको आधारमा नेतन्याहूको हत्या गर्ने निर्णय गरेकी थिइन् ।
उनले इजरायल ९राज्य० लाई वर्तमान सरकारबाट ‘बचाउन’ आफ्नो जीवन ‘बलिदान’ गर्ने निर्णय गरेको उनको भनाइ उद्धृत गर्दै अभियोजकले बताएका छन्। उनले आफ्नो योजना अर्का एक अभियन्तासँग साझा गरेकी थिइन् र उनलाई हत्या गर्न रकेटमा मार हान्ने ग्रेनेड खरिद गर्न मद्दत गर्न आग्रह गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)