ओमान नजिक जहाजमाथि अमेरिकी आक्रमण, ३ जना भारतीय मारिएकाे पुष्टि
kathmandupati.com · Thu Jun 11 09:54:33 GMT 2026

काठमाण्डु- ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक जहाजमा सवार तीन भारतीय नाविकको मृत्यु भएको भारतका जल यातायात मन्त्री सर्वानन्द सोनोवालले पुष्टि गरेका छन् । उक्त घटनाले भारतीय चालक दलको सुरक्षाबारे गम्भीर चिन्ता थपिएको छ ।
मन्त्री सोनोवालका अनुसार पलाउको झण्डा बोकेको एमटी सेटेबेलो नामक जहाजमा भएको आक्रमणपछि बेपत्ता भनिएका तीन भारतीय नाविकलाई पछि मृत अवस्थामा फेला पारिएको हो । उनले विज्ञप्तिमा उक्त घटनालाई अत्यन्त दुर्भाग्यपूर्ण र पीडादायी बताउँदै मृत्युको औपचारिक पुष्टि गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)