अप्ठेरोमा छन् ज्येष्ठ नागरिक
rajdhanidaily.com · Thu Aug 03 23:24:04 GMT 2023
नेपालमा ज्येष्ठ नागरिकको अवस्था अत्यन्त नाजुक हुँदैगएको छ । देशभित्र रोजगारीको कमीका कारण एक वर्षमै करिब ८ लाख जनसंख्या वैदेशिक रोजगारीका लागि विदेश गएका छन् । अध्ययनका लागि उन्नत देशहरूमा जाने र त्यही देशको स्थायी बासिन्दा बन्ने प्रचलन पनि बढिराखेको छ । उद्योगधन्दाहरू धारासायी बन्दै छन् । सीप र योग्यताको कदर देशभित्र हुनछाडेको छ । रोजगारीका लागि बजारमा देखापर्ने अधिकांश जनशक्तिले देशभित्र जीवनयापन गर्न नसकिने असहज अवस्थाको सामना गर्नु परिराखेको छ ।
त्यसैले पनि विदेश पलायन हुने क्रममा वृद्धि भइराखेको छ । यसरी विदेश जानेहरू प्रायः युवाहरू नै हुन्छन् । उनीहरूलाई विदेशमा व्यवस्थित तवरले स्थापित हुन पनि लामो समय लागिराखेको छ । घरमा वृद्ध बुबाआमालाई छाडेर युवाहरू बिदेसिएका कारण मुलुकले असल र बौद्धिक जमात मात्र गुमाएको छैन, ज्येष्ठ नागरिकले आफ्ना वृद्धकालका सहारा सन्ततिसँग जीवनका उत्तराद्र्ध व्यतीत गर्नपाएका छैनन् । मुलुकभित्र महँगीले सीमा नाघेको छ । स्वास्थ्य सुविधा पाउनसमेत ज्येष्ठ नागरिकले ठुलै कठिनाइ भोग्नुपरेको छ । यस अवस्थामा ज्येष्ठ नागरिकहरू प्रताडित हुने नै भए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)