मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाटनको बहिरंग सेवा प्रभावित

ekantipur.com · Tue Nov 07 01:09:17 GMT 2023

ललितपुर — पाटन अस्पतालमा आवासीय चिकित्सकको आन्दोलनका कारण सोमबार बहिरंग सेवा (ओपीडी) आधा समय बन्द गर्दा बिरामी मर्कामा परेका छन् । स्वास्थ्यकर्मीमाथि गत शनिबार बिरामीका आफन्तले हातपात गरेपछि आन्दोलन भएको हो ।

चिकित्सकहरूले संघर्ष समिति नै गठन गरेर हातपात गर्नेलाई पक्राउ नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् । अस्पतालका मेडिकल डाइरेक्टर डा.युवराज शर्माले प्रहरीकै अगाडि आक्रमण भए पनि दोषीलाई पक्राउ नगरी मूकदर्शक बनेको आरोप लगाए । ‘कुटपिट, गालीगलौजसँगै ज्यान मार्ने धम्की दिई स्वास्थ्यकर्मीलाई बन्धक बनाइएको थियो,’ उनले भने, ‘यस्तो भयावह अवस्थामा स्वास्थ्यकर्मी मानसिक रूपमा विक्षिप्त भएका छन् ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)