अनावश्यक संरचना र जनहितका कुरा
rajdhanidaily.com · Wed Jan 03 23:32:12 GMT 2024
राजनीतिक सिद्घान्त मुलुक र जनताको हितमा उपयोग गर्ने साधन हो । यस साधनको उचित उपयोग हुन सकेन भने मुलुक बर्बाद हुन्छ, जनताले दुःख पाउँछन्, विदेशी हस्तक्षेप बढ्छ । अहिले यस्तै भइरहेको छ । माओवादीको १० वर्षे जनयुद्घकोे बीउबाट खडा भएको अहिलेको राजनीतिक संरचनाले मुलुक बन्नसक्दैन भन्ने कुरा प्रमाणित भइसकेको छ । दलहरूले राजनीतिक स्वार्थका कारण राज्यको पुनर्संरचना गर्दा मिश्रित निर्वाचन प्रणालीलाई संवैधानिक बनाए । सातवटा प्रदेश सरकार बनाए । अहिले मुलुकमा ८ सय ८६ सांसद छन् । मन्त्री र मुख्यमन्त्रीहरू जनताले चिन्दैनन् । यो भद्दा संरचना किन चाहियो ? चाहिँदैन । देश विकास गर्ने हो भने प्रदेश सरकार खारेज गर्नुपर्छ । मिश्रित निर्वाचन प्रणाली हटाउनुपर्छ ।
दलहरूले मिश्रित निर्वाचन प्रणाली बनाएर शीर्ष नेताहरूले अनावश्यक १ सय १० जना आफन्तजनलाई समानुपातिक सांसदमा भर्ना गरी मुलुकको ढुकुटी बाँड्ने काम गरेका छन् । समानुपातिक निर्वाचन मुलुकको आवश्यकता होइन । यो संरचना मुलुकलाई ऋणको भारी बोकाउने सेतो हात्ती हो । त्यसैले, मुलुकमा प्रत्यक्ष निर्वाचन प्रणाली बनाउनुपर्छ । नेपालको भूगोल र जनसंख्याका आधारमा १ सय ६५ जना सांसद पनि धेरै हो । यसलाई घटाएर १ सय ५ जना बनाउँदा पुग्ने जानकार बताउँछन् । मुलुक र जनताका लागि राजनीति गर्ने हो भने अनावश्यक संरचना हटाउनुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)