मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्राे कबड्डी लिग : दबंग दिल्लीको लगातार जित

neplays.com

प्रो कबड्डी लिगको ९ औं सिजन (पीकेएल ९) को ११ औं खेलमा साविक विजेता दबंग दिल्ली केसीले गुजरात जाइन्ट्सलाई ५३–३३ ले पराजित गरेको छ । दबंग दिल्लीको दुई खेलमा यो लगातार दोस्रो जित हो भने गुजरात जायन्ट्सको दुई खेलपछिको पहिलो हार हो।

पहिलो हाफपछि दबंग दिल्लीले गुजरात जाइन्ट्सविरुद्ध २१–१७ को अग्रता लिएको थियो । खेलको पहिलो १५ मिनेटसम्म खेल चलिरहेको थियो र गुजरात जाइन्ट्सले पनि एक विन्दुमा अग्रता लिने राम्रो मौका पाएको थियो। तर, पहिले मञ्जितले सुपर रेड गर्दै तीन डिफेन्डरलाई आउट गरे र त्यसपछि कप्तान नवीन एक्सप्रेसले लगातार राइडिङमा अंक जोड्दै गुजरातलाई अलआउट गरे । खेलको १९ औं मिनेटमा दिल्लीले गुजरातलाई लोन दियो ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)