मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२७ हजार विद्यालय सुनसान, राजधानीको सडक अस्तव्यस्त

ekantipur.com · Fri Sep 22 00:59:01 GMT 2023

काठमाडौँ — शिक्षक आन्दोलनका कारण देशभरका साढे ५३ लाख बालबालिका पठनपाठनबाट वञ्चित भएका छन् भने राजधानी काठमाडौंसमेत अस्तव्यस्त बनेको छ । नेपाल शिक्षक महासंघले २७ हजार सामुदायिक विद्यालय बन्द गरी शिक्षक, कर्मचारीलाई आन्दोलनमा सहभागी गराएकाले कक्षा १ देखि १२ का विद्यार्थीको पढाइ अवरुद्ध बनेको हो । कतिपय विद्यार्थी विद्यालय पुगे पनि शिक्षक नभएपछि घर फर्किएका थिए ।

बुधबारदेखि माइतीघर–बानेश्वर क्षेत्रमा शिक्षकको प्रदर्शन जारी छ । आन्दोलनका कारण ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त भएको प्रहरीले जनाएको छ । एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनसमेत उक्त रुटमा गुड्न पाएनन् । दुवै दिन ७ घण्टा बढी सडक अवरुद्ध भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)