बालेन सरकारका ८ जना मन्त्रीहरु रास्वपा केन्द्रीय समितिमा निर्वाचित, श्रममन्त्री हारे
nepalpress.com · Fri Jun 26 09:02:33 GMT 2026

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय समितिमा निर्वाचित भएका छन् । श्रममन्त्री रामजी यादवले भने पराजय व्यहोरे ।
महाधिवेशनमा सर्वाधिक मत ल्याउने तीनजना नै मन्त्रीहरु छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानून मन्त्री सोविता गौतम र परराष्ट्रमन्त्री शिशिर खनालले सर्वाधिक मत ल्याएर जितेका हुन् । केन्द्रीय सदस्यमा विजयी हुने अन्य मन्त्रीहरुमा बिराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, सीता वादी, निशा मेहता र गीता चौधरी रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)