चाँदीको ताज पहिरिने नेतासमेत रास्वपाको क्लिन–स्वीपमा
rajdhanidaily.com · Tue Mar 10 23:39:32 GMT 2026

वीरगन्ज । विगतका निर्वाचनमा विजयी हुँदा चाँदीको ताज पहिरिएको पार्टीका नेतालाई सर्वनाक लतार्दै पर्सा क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धि प्रसाद (हरि) पन्तले विजयी ताज पहिरिएका छन् । पर्सा १ बाट २०७४ र २०७९ को निर्वाचनमा निर्वाचित भई ३ पटक मन्त्री समेत भएका प्रदिप यादवलाई २०८२ को निर्वाचनमा भने पन्तले सरकारी सिन्दुर पहिरिन रोकेका हुन् ।
जनताबाट अनुमोदित भई तेस्रो जित (ह्याट्रिक) को ध्याउन्नमा रहेका यादवलाई पन्तले १४ हजार २ सय ४४ मतको फराकिलो अन्तरले पछाडी पारे । पन्तले कुल २७ हजार २ सय ७४ मत प्राप्त गरेको पर्साका मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले घोषणा गरे । उनका निकटतम् प्रतिद्वन्दी यादवले १३ हजार ३० मत मात्र प्राप्त गरेको उनले अन्तिम मत परिणाम घोषणा गर्दै बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)