अमेरिकाले काबुलबाट ३ सय नेपाली फर्काउने
ekantipur.com · Sun Aug 15 01:14:37 GMT 2021
काठमाडौँ — अफगानिस्तानको विद्रोही समूह तालिवानले राजधानी काबुल आसपासका क्षेत्र कब्जामा लिएपछि अमेरिकाले आफ्नो दूतावासमा कार्यरत नेपालीलाई स्वदेश फिर्ता गर्ने भएको छ । अमेरिकी दूतावासमा अहिले झन्डै तीन सय जना नेपालीले सुरक्षा दिइरहेका छन् ।
अमेरिकी दूतावासमा कार्यरत एक नेपालीले काबुलबाट कान्तिपुरलाई टेलिफोनमा दिएको जानकारीअनुसार उनीहरूलाई अमेरिकाले विमानमा कुनै पनि बेला नेपाल पठाउन सकिने भनेको छ । ‘यहाँको पछिल्लो अवस्था बिग्रिएको छ, धेरै अमेरिकी सेना फिर्ता भइसकेका छन्, हामीलाई फर्कन तयार भएर बस्न भनिएको छ, फिर्ता हुने दिन भने तोकिएको छैन,’ दूतावासमा कार्यरत एक नेपाली सुरक्षा गार्डले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)