बर्दिया घटना : ईप्रका राजापुरका डिएसपी जिल्ला तानिए
ratopati.com
बर्दियाको ईलाका प्रहरी कार्यालय राजापुरका डिएसपीको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले राजापुरमा कार्यरत डिएसपी सूर्य सुवेदीलाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाइएको छ । राजापुरमा डिएसपी प्रकाश सापकोटालाई काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
मधुवन नगरपालिका स्थित ओराली बजारमा प्रहरीको गोली लागेर सोमबार २४ वर्षीया नविना थारुको मृत्यु भएको थियो । आदेश बिना नै गोली चलाएको भन्दै गृह मन्त्रालयले घटना छानविन गर्न समिति बनाएको छ । बाघ आतंक नियन्त्रणको माग राखेर प्रदर्शन गर्दा प्रहरीले दमन गरेको थियो । मृतकको शव गुलरिया अस्पतालमा राखिएको छ । प्रहरी दमनबारे स्थानिय प्रशासनसँग सर्वपक्षीय रुपमा ५ बुँदे सहमती भएको छ । तर, सो सहमती मृतकका परिवारले अस्विकार गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)