बीपी जयन्ती आज
gorkhapatraonline.com · Fri Sep 09 00:45:41 GMT 2022
काठमाडौँ, भदौ २४ गते । नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा शुक्रबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। वि.सं. १९७१ भदौ २४ गते जन्मिनुभएका कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस र पार्टीका भ्रातृ सङ्गठनले देशभर कार्यक्रम गर्ने तय भएको छ।
राष्ट्रिय सभा सदस्य एवं कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रसिद्ध साहित्यकार कोइरालाको जन्मजयन्तीमा ७७ वटै जिल्ला कार्यसमितिले उहाँको सम्झना गर्दै कार्यक्रम गर्ने बताउनुभयो। उहाँका अनुसार जननायक कोइरालाको जन्मजयन्तीमा ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा उहाँको प्रतिमामा माल्यार्पण गरिने कार्यक्रम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)