सरेबुङ पासबाट सम्पर्कविहीन सबै पदयात्री सुरक्षित
baahrakhari.com · Fri Oct 31 17:20:40 GMT 2025

मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड–४, याराबाट दामोदरकुण्ड हुँदै सरेबुङ पास क्षेत्रका लागि निस्किएका १४ पर्यटक तथा पदयात्री जिल्ला प्रशासन कार्यालय मुस्ताङको सम्पर्कमा आएका छन् ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सरेबुङ पास प्रस्थान गरेका तीन अष्ट्रियन नागरिकसहित १४ पदयात्री शुक्रबार साँझ सम्पर्कमा आएका बताए । उनका अनुसार, सबै सुरक्षित छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)