मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवनेश्वर महादेव मन्दिर

kendrabindu.com · Thu Jun 11 10:11:10 GMT 2026

बागमती । काठमाडौँस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटाैंडा उपमहानगरपालिका–४ मा रहेको भुवनेश्वर महादेव मन्दिर क्षेत्रलाई यहाँको प्रमुख धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा अघि बढाइएको छ ।

पशुपतिनाथ मन्दिरकै स्वरुपमा निर्माण गरिएको १० कठ्ठा सात धुर क्षेत्रफलको मन्दिर परिसरमा नवग्रहदेखि हनुमान, सरस्वतीलगायतका देवीदेवताका मूर्तिहरूसँगै अतिथि गृहसमेत छ । विसं २०४२ मा निर्माण गरिएको उक्त मन्दिरमा पशुपतिनाथको जस्तै पूजाविधि तथा परम्परा रहेको मन्दिरका पूजारी पवन घिमिरेले जानकारी दिए । उनका अनुसार मन्दिरमा दर्शनार्थीलाई पशुपतिमा जस्तै भित्र मूर्तिसम्म नपुगी मूल प्रवेशद्वार बाहिरबाट नै पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)

सम्बन्धित विषय