फ्लाईदुबईद्धारा पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा
corporatenepal.com · Thu Jun 11 10:02:52 GMT 2026

काठमाडौं । दुबईस्थित राष्ट्रिय एयरलाइन्स फ्लाईदुबई ले नेपालको दोस्रो गन्तव्यका रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा गरेको छ ।
उक्त सेवा आगामी २३ सेप्टेम्बर २०२६ देखि सुरु हुनेछ । यस नयाँ सेवासँगै फ्लाईदुबई संयुक्त अरब इमिरेट्स (यूएई)बाट पोखरासम्म प्रत्यक्ष नियमित उडान सञ्चालन गर्ने पहिलो एयरलाइन्स बनेको छ । सन् २००९ देखि काठमाडौंमा सफलतापूर्वक सेवा प्रदान गर्दै आएको फ्लाईदुबईले हालसम्म नेपालमा करिब ४० लाख यात्रुलाई सेवा उपलब्ध गराइसकेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)