देशभर पेट्रोलियम आपूर्ति ठप्प पार्ने व्यवसायीको चेतावनी
mahendranagarpost.com · Tue Mar 08 04:37:59 GMT 2022
काठमाडौं -राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले सरकारसमक्ष ६ बुँदे मागपत्र पेश गर्दै माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ। समितिले नेपाल आयल निगमसमक्ष मागपत्र पुनः पेश गर्दै सो माग पूरा नभए चैत ५ गतेबाट आन्दोलन गर्ने जनाएको छ।
नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन तथा नेपाल पेट्रोलियम दुवानी व्यवसायी महासंघ आवद्ध व्यवसायीहरु सम्मिलित उक्त समितिले आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)