कोशी अस्पतालको पोषण पुनः स्थापना केन्द्रबाट बालबालिका कुपोषणमुक्त
ratopati.com · Fri Oct 31 18:00:00 GMT 2025

विराटनगर । कुपोषित बालबालिकाको स्वास्थ्य पुनः स्थापना गर्दै उनीहरूलाई पुनः सामान्य जीवनमा फर्काउन सहयोग पुर्याउने उद्देश्यले विराटनगरस्थित कोशी अस्पतालमा सञ्चालित पोषण पुनः स्थापना केन्द्र बालबालिकाको जीवनमा नयाँ आशा बोकेको केन्द्र बनेको छ ।
दश शय्या क्षमताको यो केन्द्रबाट स्थापना भएको उक्त केन्द्रबाट सयौँ कुपोषित बालबालिकाले उपचार पाएर स्वस्थ जीवन फर्किएका छन् । यस केन्द्रले कोशी प्रदेशका विशेष गरी मोरङ, सुनसरी, झापा, सोलुखुम्बुलगायत जिल्लाबाट आएका कुपोषित बालबालिकालाई बर्सेनि सेवा दिँदै आएको छ । विसं २००४ मा सरकारले सञ्चालन गरेको यस कोशी अस्पताल पुनः स्थापना केन्द्रबाट एक हजार ८७२ कुपोषित बालबालिकाले उक्त सेवा लिइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)