मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

रेमिट्यान्सले धानिदिएको लाहुरे अर्थतन्त्र

karobardaily.com · Thu Apr 15 18:42:04 GMT 2021

नेपाली युवा शक्ति कामदारका रूपमा ठूलो संख्यामा विभिन्न मुलुकमा छन् । मुलुकमा तत्कालका लागि वैदेशिक रोजगारीको विकल्प छैन । राज्यले काम दिन नसकेका मान्छे मलेसिया, कतार, दुबईलगायत मुलुकहरूमा श्रम गरेर घरमा रकम पठाइरहेका छन् । त्यही रेमिट्यान्सले परिवारको मात्र होइन, नेपाली अर्थतन्त्रको पनि विगत दुई दशकदेखि भरथेग गर्दै आएको छ । विदेशबाट पठाएको रेमिट्यान्स खर्चिदिएर नै नेपालका व्यवसायहरू चलेका हुन् । नेपालमै बसेर जग्गा, सवारी साधन, लत्ताकपडा, खाद्यान्न सामग्रीलगायत होटल रेस्टुरेन्ट, कलकारखाना, उद्योगधन्दा, अस्पताल, निजी विद्यालय, बैंक, वैदेशिक रोजगारी व्यवसाय तीव्र रूपमा फस्टाउनु त्यही लाहुरे अर्थतन्त्रको करामत हो; अर्थात् वैदेशिक रोजगारीमा गएका नेपालीहरूले पठाएका रेमिट्यान्स ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७-०७८ को माघ मसान्तसम्मको सात महिना अवधिमा मात्रै ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.९ प्रतिशतले बढी हो । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको माघ महिनामा मात्रै ६१ अर्ब ३९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यसबाटै पनि थाहा हुन्छ, नेपाली अर्थतन्त्रमा रेमिट्यान्सको योगदान ।

स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)