श्रीलंकाले अफगानिस्तानलाई हरायो
ratopati.com
एसिया कपको सुपर चारको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई हराएको छ । शनिबार राति भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई चार विकेटले हराएको हो । सारजाहमा अफगानिस्तानले दिएको १७६ रनको लक्ष्य श्रीलंकाले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक ३६ रनको योगदान गरे । त्यस्तै पाथुम निशंकाले ३५ रन बनाए । श्रीलंकाका दनुश्का गुनाथिलाकाले ३३ रन जोडे । अफगानिस्तानका मुजिब उर रहमान र नभिन उल हकले समान दुईरदुई विकेट लिए । त्यस्तै मोहम्मद नाबी र रशिद खानले समान एकरएक विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)