नेपाल सधैंका लागि राम्रो ठाउँ : बेलायती राजदूत फेन
ekantipur.com · Tue Aug 06 17:02:49 UTC 2024

काठमाडौँ — नेपालका लागि बेलायती राजदूत रोब फेनले नेपाल सधैंका लागि राम्रो ठाउँ रहेको बताएका छन् । मंगलबार काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग भएको शिष्टाचार भेटमा राजदूत फेनले उक्त भनाइ राखेका हुन् ।
भेटमा राजदूत फेनले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारमा राम्रो छवि भएको समेत बताए । ‘नेपाल सधैंका लागि राम्रो ठाउँ हो,’ उनले भने, ‘काठमाडौंको संस्कृति र प्रकृति रचनात्मक सहरको प्रवर्द्धनका लागि राम्रो विषयवस्तु हुन् । यसमा हामी सँगै काम गर्न चाहन्छौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)