प्रधानमन्त्री–प्रतिपक्षी भनावैरी
annapurnapost.com · Tue Jun 06 00:38:07 GMT 2023
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणलाई लिएर सोमबार संसद्मा प्रतिपक्षीसँग भनावैरी चलेको छ। प्रमुख प्रतिपक्षी एमालेले नेपालको भूमि सट्टापट्टा गर्ने अधिकार कसले दिएको भन्दै प्रधानमन्त्री दाहाललाई प्रश्न गरेको छ। उक्त पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बंगलादेश जाने बाटोसँग कालापानी, लिपुलेक र लिम्पियाधुरा साट्न नसक्ने बताएका हुन्।
प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सीमा समस्या समाधान गर्न भूमि साटफेर गर्न सक्ने बताएपछि प्रतिनिधिसभा बैठकमा ओलीले भने, ‘बंगलादेश जाने बाटो वा पारबहानको सुविधा सट्टापट्टाको विषय होइन। यसमा कुनै सट्टापट्टाको विषय हुँदैन। बंगलादेश जानका लागि जमिन दिनुपर्छ भन्ने कुरा अन्तराष्ट्रिय प्रचलनमा नभएको आफ्नो राष्ट्रिय अधिकारभन्दा परको हो।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)