श्रीलङ्कामाथि नेपालको सानदार जित
baahrakhari.com · Wed Dec 15 17:15:00 GMT 2021
काठमाडौं । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ ।
बङ्गलादेशको ढाकास्थित सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपालले श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गरेको हो । नेपालको जितमा रश्मीकुमारी घिसिङले दुई गोल गरिन् भने सविता रानामगर, मेनुकाकुमारी आलेमगर, सलोनी राना मगर र रजनी थोकरले एक एक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)