बागमतीमा कार्यान्वयन हुन सकेन खरको छानामुक्त प्रदेश कार्यक्रम
ratopati.com · Sat Oct 14 06:50:00 GMT 2023
बागमती प्रदेश सरकारले गत आर्थिक वर्षबाट सुरु गरेको आवाससम्बन्धी २ कार्यक्रमको प्रगति शुन्य देखिएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेर आर्थिक वर्ष २०७९-०८० बाट कार्यान्वयनमा ल्याइएको चेपाङ, वनकरिया, माझी, बोटे एकीकृत बस्ती तथा आवास निर्माण कार्यक्रम र खरको छाना उन्मुलन कार्यक्रमको प्रगति शून्य रहेको हो ।
मन्त्रालयले कार्यविधि निर्माण गरी कार्यान्वयन गरेको उक्त कार्यक्रमको गत आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट कुनैपनि आवास निर्माण हुन सकेन । मन्त्रालयले प्रदेश नीति तथा योजना आयोगबाट २५० लाभग्राही रहेको तथ्याङ्क लिएर गत आर्थिक वर्षमा उक्त कार्यका लागि बजेट विनियोजन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)