दिल्लीको प्रदूषण नेपालको तराईसम्म
nayapatrikadaily.com · Tue Nov 16 00:30:00 GMT 2021
भारतको राजधानी नयाँदिल्लीको प्रदूषणको प्रभाव नेपालको तराई क्षेत्रमा पनि देखिएको छ । वातावरण विभागको तथ्यांकअनुसार सोमबार साँझ साढे ६ विराटनरमा वायुको गुणस्तरको मात्रा सबैभन्दा खराब स्थितिमा पुग्यो । त्यहाँ वायु गुणस्तर सूचकांक पिएम–२.५ (पार्टिकुलेट म्याटर)को मात्रा ३०२ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ, जुन अत्यन्त घातक हो । यो सूचकांक दुई सय नाघ्नुलाई अति अस्वस्थकर र तीन सय नाघ्नुलाई घातक मानिन्छ । आइतबार विराटनगरमा यो सूचकांक एक सय ९७ थियो ।
कञ्चनपुर सदरमुकाम भीमदत्तनगरमा आइतबार साँझ यो मात्रा चार सय ६० पुगेको थियो । त्यसमा सुधार भई सोमबार १७६ मा झरेको छ । त्यस्तै, सोमबार सिमरामा एक सय ८४, धनगढीमा एक सय ५५, जनकपुरमा एक सय सात पुगेको छ भने काठमाडौंको कीर्तिपुरमा पनि एक सय १३ पुगेको छ । नेपालगन्ज, लुम्बिनीमा रहेका वायु गुणस्तर मापन केन्द्रको तथ्यांक भने अपडेट भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)