बाँच्नका लागि बालश्रम गर्न बाध्य अफगान बालबालिका
gorkhapatraonline.com · Thu Jun 11 10:20:05 GMT 2026

अन्तर्राष्ट्रिय समुदायले-जुन १२ मा बालश्रमविरुद्धको विश्व दिवस मनाउँदै गर्दा, लाखौं अफगान बालबालिकाले चरम गरिबीको कारण विद्यालय छोडेर इँटा भट्टी, बजार, निर्माण लगाएका स्थानमा बालश्रम गरिरहेको जनाइएको छ । लााखौँ अन्य अफगान बालबालिकाको सफा लुगा लगाउने र हरेक दिन विद्यालय जाने सपना देख्छन् । तर जीवन बचाउनका लागि काम गर्न बाध्य भएको सिन्ह्वाले जनाएको छ ।
अफगानिस्तानमा चलेको दशकौं लामो युद्ध र अन्तर्राष्ट्रिय प्रतिबन्धले अर्थतन्त्रलाई सिथिल बनाउनुका साथै चरम गरिबी र बेरोजगारी बढेको जनाइएको छ । सङ्कटले बालबालिकासहित लाखौं अफगानलाई आफ्नो घर शिक्षा त्यागी परिवारलाई बचाउन इँटा भट्टी सडक मर्मतलगायतका उपलब्ध काम गर्न बाध्य पारेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)