अर्थसचिव उपाध्याय भन्छन्ः बजेटमा करका दर हेरफेर नियमित प्रक्रिया हो, कुनै चलखेल हुँदैन
clickmandu.com · Thu Jun 11 10:23:51 GMT 2026

काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले बजेट निर्माणको अन्तिम समयमा हुने करका दर हेरफेर प्रक्रियाबारे सांसदहरूलाई स्पष्टीकरण दिएका छन् । सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले जेठ १४ गते राति हुने काम नियमित प्रक्रियाकै हिस्सा भएको र त्यसमा कुनै किसिमको चलखेल नहुने दाबी गरे ।
बजेट निर्माणको गोपनीयता र संवेदनशीलताका कारण अन्तिम समयमा मात्रै दरहरू तय गरिने उपाध्यायले बताए । उनका अनुसार बजेट प्रक्रिया अन्तर्गत नै अर्थमन्त्रीले जेठ १४ गते राति १२ बजेपछि मात्रै विभिन्न विकल्पहरू प्रशासनबाट प्राप्त गर्ने गरेका छन् । त्यसपछि कुन राजस्वको दर स्वीकृत गर्ने भन्ने विषयमा अन्तिम निर्णय गर्ने प्रचलन रहेको र यो प्रक्रिया राति २, ३ वा ४ बजेसम्म चल्न सक्ने उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ
स्वर्णिम वाग्ले