मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

महिला टी-२० विश्वकप क्रिकेट आजदेखि सुरुहुँदै

neplays.com

आईसीसी महिला टी-२० विश्वकपको आठौं संस्करण आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ। उद्घाटन खेल राति पौने ११ बजेदेखि आयोजक दक्षिण अफ्रिका र श्रीलंकाबीच हुनेछ।

१० टोलीको सहभागिता रहेको टी-२० विश्वकप दक्षिण अफ्रिकाको आयोजनामा ​​हुँदैछ। १७ दिने प्रतियोगिताको फाइनल खेल २६ फेब्रुअरीमा केप टाउनमा हुनेछ। १० टोलीलाई ५-५ गरी दुई समूहमा विभाजन गरिएको छ। फागुन २१ गतेसम्म १० टोलीबीच समूह चरणका २० खेल हुनेछन्। समूह चरणका केही खेल साँझ पौने ७ बजे र केही राति पौने ११ बजे सुरु हुनेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)