उपराष्ट्रपति यादवसँग कोशी प्रदेशका प्रदेशप्रमुख परशुराम खापुङको भेट
barnanmedia.com · Thu Jun 11 10:18:10 GMT 2026

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेशप्रमुख परशुराम खापुङले आज उपराष्ट्रपतिको कार्यालय लैनचौरमा शिष्टाचार भेटवार्ता गरेको छ ।
भेटका क्रममा उपराष्ट्रपति यादव र प्रदेश प्रमुख खापुङबीच नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी, सङ्घीयता सुदृढीकरण, प्रदेश सङ्घीय समन्वय तथा आपसी सहकार्यका विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)