मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजनीतिक दल फुट्दा लोकतन्त्र कमजोर

rajdhanidaily.com · Thu Aug 05 23:06:13 GMT 2021

पछिल्लो चरणमा पार्टीहरू विभाजित हुने र फेरि एक हुने क्रम बढेर गएको छ । विभाजन र एकताको प्रक्रिया पनि अलि विशिष्ट प्रकृतिको देखिएको छ । त्यो हो, विभाजनसँगै एकताको कुरा र एकतासँगै विभाजित पक्षहरूको समानान्तर समावेशिताका कुरा । त्यसका साथै एकताको माग त गर्ने तर एकता प्रक्रियामा प्रवेश नगर्ने वा कुनै कुरा बोलेर वा गतिविधि गरेर भाँजो हाल्ने । हाल नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी–लेनिनवादी (नेकपा एमाले) र जनता समाजवादी पार्टी (जसपा)को एकतामा यही कुरा देखिएको छ । भिन्नता केमा छ भने एमाले दुई खेमाले एकअर्कालाई बिथोल्ने गरिरहेका छन् । जसपाका दुई खेमा भने एक अर्कामा कम तिक्ततापूर्ण व्यवहार गर्नुका साथै एकता गरांै गरौं भनिरहेका छन् । एकता मोडल यस अर्थमा दुई भिन्न प्रक्रियाबाट गुज्रने देखिएको छ । दुवैको एकता त हुन सकिरहेको छैन तर प्रक्रिया पनि टुंगिएको छैन । आगामी आवधिक निर्वाचन सन्निकट छ । त्यसैले यी दुई पार्टीका दुई खेमा एकापसमा विभाजित भएर पनि रहनुको कुनै औचित्य छैन । यसले निर्वाचनमा दुवै खेमाको हारभन्दा अर्को परिणाम ल्याउनेछैन ।

नेकपा एमाले र जसपा हालै मात्र खोलिएका नयाँ पार्टी होइनन् । यी पुराना पार्टी हुन् । विगत इतिहास बोकेका पार्टी पनि हुन् । यिनका नेता पुरानामध्येका नेतामा पर्छन् । तर, यिनै नेता एकापसमा विभाजित छन् । यिनीहरूबीच विचारमा खासै भिन्नता नभए पनि मन भाँचिएको छ । तर, यिनका कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तक भने पार्टी एकता भए हुने थियो भन्ने व्यक्त अपेक्षामा छन् । बोलि पनि रहेका छन् । पुराना पार्टी भएकाले यी पार्टी नयाँ पार्टीजस्तो हलक्क मौलाएर जाने पनि देखिँदैनन् । पुराना पार्टी हुन्, विचार, नारा, नेता, कार्यक्रम नयाँ पनि छैनन् । जुँघा र इगोको लडाइँ चर्को देखिन्छ । त्यसैले नयाँमा जस्तो विचार बहसबाट टुंगो लाग्ने सम्भावना पनि छैन । त्यसो भए एकता के हुन्छ त ? एकता एकीकरण र ध्रुवीकरणबाटै हुन्छ । पार्टी त्यही प्रक्रियाले मात्र जोडिन्छ । अरू प्रयास त फगत समयको बर्बादी मात्र हुन जानेछ । यो कुरा यी दुई पार्टीका दुई खेमाबीच एकताको एक मात्र विकल्प हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)