सीद्वारा आठ वर्षपछि क्यानाडाली प्रधानमन्त्रीलाई चीन भ्रमणको आमन्त्रण
barnanmedia.com · Fri Oct 31 20:15:00 GMT 2025

चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई चीन भ्रमणका लागि निमन्त्रणा दिनुभएको छ । सन् २०१७ पछि दुवै देशका नेताबिचको यो पहिलो औपचारिक वार्ता हो ।
यो भेट जापानका नयाँ प्रधानमन्त्रीसँगको पहिलो छलफल अघि भएको हो । चीन र क्यानाडाबिचको सम्बन्ध पछिल्ला वर्षमा पश्चिमी मुलुक मध्ये सबैभन्दा तनावपूर्ण मानिँदै आएको छ । तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र सी जिनपिङबिच बिहीबार भएको व्यापार तनाव घटाउने सहमति पश्चात् दुवै देशबिचको वातावरण केही सहज बन्दै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)