मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस अब निष्फिक्री नयाँ दिशाबाट अगाडि बढ्न प्रतिबद्ध

rajdhanidaily.com · Tue Mar 05 23:16:30 GMT 2024

काठमाडौं । माओवादी केन्द्रसँग गठबन्धन तोडिएसँगै अब नेपाली कांग्रेस सबै बन्धनबाट मुक्त भएको छ । सत्ता गठबन्धनकै पार्टीभित्रै आरोह र अवरोह झेलिरहेको नेपाली कांगे्रसलाई एक भएर अघि बढ्ने बाटो खुलेको छ । अब कांग्रेसले गठबन्धनको मुख हेरेर आफ्नो निर्णय गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

गठबन्धनको बन्धनमा बाँधिएको नेपाली कांग्रेस निष्फ्रिक्री त बनेको छ नै आफ्नो निर्णय स्वतन्त्र रूपमा गर्नसक्ने भएको छ । सत्ता राजनीतिबाट टाढा भएसँगै कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाममा निर्णय गराउनुपर्ने बाध्यता हटेको कांग्रेसका नेताहरू बताउँछन् । गठबन्धन तोडिँदा अवसर गुमेको रूपमा लिने नभई यसलाई सदुपयोग गरेर लोकतान्त्रिक पार्टीलाई समेटर अघि बढ्नुपर्ने धेरै नेताहरूको मत छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)