मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतीय विदेशमन्त्रीको भ्रमणमा ऊर्जा प्रमुख एजेन्डा

annapurnapost.com · Tue Jan 02 00:48:49 GMT 2024

काठमाडौं : अंग्रेजी नयाँ वर्षको पहिलो कूटनीतिक भ्रमण भारतबाट हुँदै छ। भारतीय विदेशमन्त्री एस जयशंकर पुस १९ गते नेपाल आउँदै छन्। उनी दुई दिनसम्म नेपालमा रहने छन् । नेपाल–भारत संयुक्त आयोगको ७औं बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन्। टोलीमा विदेश सचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क प्रमुख अनुराग श्रीवास्तवलगायत उच्च अधिकारीहरू हुने स्रोतको भनाइ छ।

भारतीय विदेशमन्त्रीको भ्रमणमा १० हजार मेगावाटको दीर्घकालीन विद्युत् खरिद सम्झौता (पीपीए) मा अन्तिम हस्ताक्षर हुने एजेन्डा रहेको बताइएको छ। चितवनमा बस्ने ११औं नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति बैठकले यसलाई अन्तिमरूप दिने स्रोतले बताएको छ। संयुक्त निर्देशक समितिको बैठक हरेक ६ महिनामा बस्ने गर्छ। दीर्घकालीन पीपीए कार्यान्वयनमा लैजानका लागि दुई देशबीचका सचिवहरूबीच सम्झौता हुन बाँकी छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)