मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आणविक परीक्षण सुरु गर्न ट्रम्पकाे आदेशसँगै विश्वव्यापीरूपमा चर्कियाे तनाव

barnanmedia.com · Fri Oct 31 21:15:01 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक हतियार परीक्षण सुरु गर्ने आकस्मिक निर्देशन जारी गरेपछि विश्वभर तीव्र प्रतिक्रिया र चिन्ता उत्पन्न भएको छ । यो निर्णयले नयाँ महाशक्ति प्रतिस्पर्धा र विश्व सुरक्षाको सन्तुलनमा गम्भीर असर पार्ने आशंका गरिएको छ ।

आफूलाई ‘शान्तिप्रिय राष्ट्रपति’ भएको दाबी गर्दै आएका ट्रम्पले दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको शिखर सम्मेलनमा सहभागी हुनुअघि नै सामाजिक सञ्जालमार्फत उक्त घोषणा गरेका थिए । तर उहाँको उक्त वक्तव्यले धेरै प्रश्नहरू खुला छोडेको छ — विशेषगरी, उनले केवल हतियार प्रणाली परीक्षणको आदेश दिएको हो वा वास्तविक आणविक विस्फोट परीक्षण गरिन थालेको हो भन्ने कुरा अस्पष्ट छ । संयुक्त राज्य अमेरिकाले सन् १९९२ यताका तीन दशकदेखि कुनै पनि आणविक विस्फोट परीक्षण गरेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)