डम्बर चेम्जोङले धानेको नेपाली मानवशास्त्र
nayapatrikadaily.com · Sun Nov 29 16:52:00 UTC 2020
२०७७ मङ्सिर १४ आइतबार २२:३७:००
कोरोना भाइरसको संकटलाई मानवशास्त्रबाट के आवश्यक पर्छ भन्ने कुराको विश्लेषण चलिरहेको वेला यसको सामाजिक र सांस्कृतिक प्रभावमा व्यापक रूपमा चासो राख्ने विद्वान्बीच ठूलो सोचको सिर्जना हुँदै गएको छ । सन् २०२० को सुरुवातबाट नै यस्ता बहसले धेरै मानिसमा नाटकीय परिवर्तन ल्यायो र यसले मानव आफैँलाई र संसारलाई बुझ्ने रफ्तारको विकास ग¥यो । मानवशास्त्रीहरूका लागि पनि कोरोना महामारीले अनुसन्धानका लागि विशाल चुनौतीहरू ल्याइरहेको छ । मानवशास्त्रीहरूका लागि शैक्षिक पत्रिकाहरू वा पुस्तक परियोजनाहरूका लागि लेखहरू घर कार्यालयबाट लेख्न सकिन्छ र बैठकहरू वा सेमिनारहरू, केही समयका लागि अनलाइन प्लेटफर्ममार्फत सञ्चालन गर्न सकिन्छ । तर, अनुसन्धानको केन्द्र, गतिविधि जुनबाट सबै खोजीहरू व्युत्पन्न हुन्छन्, अर्थात् दैनिक सामाजिक–सांस्कृतिक संसारको अवलोकन र विश्लेषण हुन्छ, योचाहिँ जीवन बाँचिरहेका व्यक्तिसँग प्रत्यक्ष सम्पर्कविना सम्भव छैन । नेपालजस्तो देशमा भने कोरोना भाइरसले सामाजिक विज्ञानमा अनुसन्धानलाई कसरी असर गर्छ भन्नेबारे कम चर्चा छ । तर, सामाजिक विज्ञान पनि अनुभवजन्य अनुसन्धानमा आधारित छ, र धेरै अनुसन्धानकर्ताले प्राकृतिक विज्ञानमा आफ्ना सहकर्मीहरूले जस्तै धेरै कठिनाइको सामना गरिरहेका छन् । यसमा मानवशास्त्रीहरू पनि सामेल छन् । सामाजिक मानवशास्त्रीहरूले प्रयोग गर्ने ‘प्रयोगशाला’ उनीहरूको अनुसन्धान संस्थानको भित्तामा अवस्थित छैन, यो अनुसन्धान केन्द्र भनेको समाजमा नै हो, र उनीहरूका ‘प्रयोगहरू’ त्यहाँ भइरहेका सामाजिक प्रक्रिया हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)