एसईईपछि कुन विषय पढ्ने ? कहाँ पढ्ने ?
rajdhanidaily.com · Mon Aug 08 23:33:00 GMT 2022
विद्यालय शिक्षाको महत्वपूर्ण खुड्किलोको रूपमा लिइने एसईई उत्तीर्ण साथै अध्ययन गरिने विषयले पेसागत भविष्यको बाटो तय गर्छ । एसईईको नतिजा सार्वजनिक भएपछि कक्षा ११ मा कुन विषय किन र कहाँ पढ्ने भन्ने ? निस्कर्षमा पुग्न अभिभावक र अनुभवीको सल्लाह र सुझाव विद्यार्थीलाई मार्गदर्शन हुन सक्छ । कक्षा ११मा अध्ययन गरिने विषयको छनोट नै विद्यार्थीको उच्च शिक्षाको शैक्षिक यात्राको प्रस्थानबिन्दु हो । यस्तै भविष्यमा के कस्तो पेसा व्यवसाय अपनाउने भन्ने आधार उच्च माध्यमिक विद्यालयमा पढ्ने विषयले निक्र्यौल गर्छ भन्ने तर्फ अभिभावक र विद्यार्थीले हेक्का राख्न बिर्सिनु हुन्न । एसईई उत्तीर्ण विद्यार्थीलाई उपयुक्त सल्लाह र सहयोग प्रदान गर्न अभिभावक तथा विद्यालयले कुनै कसर बाँकी राख्नु हुन्न । एसईईपछिको अध्ययनको भविष्यदर्शी मार्गचित्र बनाउने क्रममा हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने भूल गरिनु हुन्न ।
भर्खरै एसईई उत्तीर्ण गरेका विद्यार्थीमा परिपक्वता आइसकेको हँुदैन । उच्चशिक्षाको पूर्वाधारका रूपमा लिइने कक्षा ११ र १२ मा पढ्ने विषय छनोट गर्न अभिभावक तथा शिक्षकलगायत समग्र विद्यालय सञ्चालकको सल्लाह र सुझाव महत्वपूर्ण हुन्छ । विद्यार्थीको चाहनाअनुसारको पठनपाठनलाई व्यवस्थापन कसरी गर्न सकिएला ? शिक्षण संस्था सञ्चालकको चिन्ता र चिन्तनको विषय बन्नुपर्छ । गुणस्तरीय पठनपाठनको सहज वातावरण तर्जुमाका लागि क–कसले के–के भूमिका निर्वाह गर्नुपर्ला ? जस्ता प्रश्नको जवाफ खोज्न विद्यार्थी, अभिभावक शिक्षण संस्था तथा राज्यबीच सहकार्य र समीक्षाबाट गम्भीरतापूर्वक समयमा नै दूरदर्शी निष्कर्षमा पुग्नु बुद्धिमानी ठहर्छ । उच्च शिक्षाको खुड्किलोमा पाइला टेक्न तयार भएका विद्यार्थीलाई आवश्यक सल्लाह र सहयोग गर्दै सरकार र सरोकार पक्षले इमानदारीपूर्वक आआफ्नो जिम्मेवारी निर्वाह गर्न चुक्नुहुँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)