मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकीकृत समाजवादी फुट्ने निश्चित, रोकिएला एकता ?

barnanmedia.com · Fri Oct 31 22:00:35 GMT 2025

तत्कालीन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षलाई पेलेरै लगेपछि विद्रोहमा उत्रिनेमध्येकी हुन्, रामकुमार झाँक्री। अन्य नेताहरुले खुट्टा कमाइरहँदा झाँक्रीले ढाडस दिइन्, र एकीकृत समाजवादी पार्टी बन्यो। ९ भदौ ०७८ मा एकीकृत समाजवादी बन्दा उनी उपमहासचिव थिइन्।

तर, एकीकृत समाजवादीले माओवादीसँग एकता प्रक्रिया थालेपछि तिनै क्राँक्री विद्रोहमा उत्रिएकी छन्। झाँक्रीले पार्टीभित्र बहुमतको आधारमा माओवादी केन्द्रसँग एकतामा जाने निर्णय भए पनि आफूहरू उक्त प्रक्रियामा सहभागी नहुने बताएपछि फुट निश्चित देखिएको छ। माओवादी केन्द्रसँग वाम एकता नभई मर्जर हुन गइरहेकोले आफूसहितका केही नेताहरू एकता प्रक्रियामा समाहित नहुने उनले स्पष्ट पारिन् । उनले वाम एकताका लागि एमाले लगायत अन्य राजनीतिक दलहरूसँग संवाद समेत नगरेको कारण दुई पार्टीबीचको मर्जरले मात्र विद्यमान समस्या हल गर्न नसकिने बताइन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)